डा अनुपम पोखरेल अष्ट्रेलियाको मेल्बर्नमा कार्यरत मानसिक रोग बिशेषज्ञ हुन । डा पोखरेलले सन् २०११ देखी मेल्बर्नमा प्राइभेट प्रक्टिस गर्ने क्रममा थुप्रै नेपाली मूलका ब्यक्तिहरुको मानसिक स्वास्थ्य उपचारमा भूमिका खेलेका छन ।
अष्ट्रेलिया सरकारको मेडिकेयरले भिडियो प्रविधी मार्फत स्वास्थ्य उपचारमा अष्ट्रेलियाको प्रादेशिक र सुदूर क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको पहुँच बढाउन बिगत केही बर्ष यता मेडिकेयर आइटम नम्बरहरुको ब्यवस्था गरेको छ । त्यस अन्तर्गत डा पोखरेलले भाषाको कारणले मानसिक स्वास्थ्य उपचारको पहुँचमा समस्या भएका नेपाली मूलका ब्यक्तिहरुलाई लक्षित गरेर हप्तामा एक पटक (शनिवार बिहान ९ बजे देखी १ बजे सम्म) भिडियो प्रविधी मार्फत मानसिक स्वास्थ्यको जांच पड्ताल गरेर स्थानिय जनरल प्रक्टिशनर चिकित्सकलाई सम्बन्धित ब्यक्तिहरुको उपचारमा सहायता गर्न यो सेवा शुरु गरिएको हो । यो सेवाको लागि सम्भवत मेडिकेयरको आइटम नम्बर २९१ र २९३ को प्रयोग गरिनेछ, जस अनुरुप एक बर्षमा यी दूबै आइटम नम्बर को एक एक पटक परामर्श दिने क्रममा बर्ष को दुई पल्ट परामर्श सेवा दिन सकिनेछ ।
यो सेवाको लागि मेडिकेयर नम्बर हुनु जरूरी छ । मेडकेयर नम्बर नभएका ब्यक्तिहरुले आफ्नो स्वास्थ्य बीमा गर्ने संस्थासँग मेडिकेयर आइटम २८८, २९१ र २९३ को बारे बुझ्न सक्नुहुन्छ ।
अष्ट्रेलियाका महानगरहरु भित्र बसोबास गर्ने ब्यक्तिहरुले कोविड १९ ले ल्याएको यो अवस्थामा अष्ट्रेलिया सरकारले गरेको अस्थाइ ब्यवस्था अनुरूप सेप्टेम्बरको अन्त्य सम्म यो सेवा लिन सक्नेछन । तर माथि उल्लेखित अनुरूप यो सेवा अष्ट्रेलियाका प्रादेशीक र सुदुर क्षेत्रमा बसोबास गर्ने र अङ्रेजीमा वार्तालाप गर्न गाह्रो पर्ने ब्यक्तिहरुलाई ध्यानमा राखेर शुरु गरिएको हो भन्ने पुन अनुरोध गरिन्छ ।
सम्बन्धित ब्यक्तिले आफ्नो जनरल प्रक्टिशनर चिकित्सकसँग यस्तो सेवाको उपयोगीताको बारेमा छलफल गर्न अनुरोध गरिन्छ । यस् प्रकारको परीक्षण तथा जांचड्ताल जनरल प्रक्टिशनर चिकित्सकको 'रिफरल' पश्चात मात्र गरिन्छ । यस प्रकारको परीक्षण तथा जांचपड्तालको उद्देश्य तपाईंको जनरल प्रक्टिशनर चिकित्सकलाई तपाईंको उपचारको लागि बिशेषज्ञको सल्लाह दिदै मार्गदर्शन गर्नु हो ।
रिफरल पठाउन को लागि यहाँ क्लिक गर्नुहोस्
यो सेवा नियमित परामर्शको लागि भने होइन ।
यो सेवा आकास्मिक पनि सेवा होइन । डा पोखरेलसँग परमर्शको मिती तोकिएको अवस्थामा वा परामर्श पश्चात पनि यदि तपाईंलाई तत्काल मानसिक स्वास्थ्य सम्बन्धी सल्लाह चाहिएमा आफ्नो जनरल प्रक्टिशनर चिकित्सक या नजिकैको अस्पातलमा संपर्क गर्न सल्लाह दिइन्छ । यदि तपाईंलाई आत्मघाती या अन्य कुनै खतरनाक बिचार आएको अवस्थामा अस्पतालको आकस्मिक बिभाग वा तपाईं बसोबस गर्ने क्षेत्र हेर्ने मानसिक स्वास्थ्य कार्यक्रमको साइकियाट्रिक ट्रियाजमा संपर्क गर्न सल्लाह दिइन्छ ।
त्यस्तै यो सेवा १८ बर्ष भन्दा मुनिका ब्यक्तिको लागि पनि होइन । उसो पनि युवाहरुको अङ्रेजीमा सामान्यतया राम्रै दखल हुने हुनाले युवाहरुलाई आफु बसोबस गर्ने स्थानमा उपलब्ध सेवा लिन भाषाको कारणले समस्या पर्दैन भन्ने हाम्रो ठम्याइ हो । यस्ता सेवाग्राही लाई अन्य सेवाग्रही जस्तै डा पोखरेलको मेल्बर्न स्थित मिचाममा अवस्थित क्लिनिकबाट अष्ट्रेलियाका सामान्य समुदायलाई झै सेवा दिन सकिने छ । त्यसको लागि तल उल्लेखित ठेगाना मा संपर्क गर्नुपर्ने छ र केही बिशेष परिस्थिती बाहेक बल्क बिलिङ को ब्यवस्था छैन ।